
४ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा किरियापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन् । उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा पुगि भोट दिएका छन् ।
आमाको मृत्यको शोकमा उनीहरु ३ दिनदेखि किरिया बसेका छन् ।
स्पष्ट भिजन र मिसन भएको नेतृत्वलाई जिताउनका लागि आफूहरु दुखको घडीमा पनि मतदान गर्न आएको उनीहरुले बताए । कमल श्रेष्ठले भने, ‘सही नेतृत्व चयन गर्नका लागि हामी दुखको घडीमा पनि मतदान गर्न आएका हौं ।’
चुर्णप्रसाद श्रेष्ठले मतको महत्व बुझेर आफू मतदानमा सहभागी भएको बताए ।
उनीहरुका लागि परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण मिलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4