
४ मंसिर, हेटौंडा । हेटौंडा-१४ मयुरधापमा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बाँके जिल्ला पैजापुर गाउँपालिका-४ घर भई मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय प्रकाश थारूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो १२:३० बजेको समयमा कन्स्ट्रक्सन क्षेत्रमा मोटर लगाई इनार खन्ने क्रममा अचानक करेन्ट लागि थारू बेहोस भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
बेहोस भएका थारूलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो साढे १ बजे डाक्टरले मृत घोषणा गरेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4