
४ मंसिर, धनकुटा । धनकुटामा दिउँसो ३ :३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठका अनुसार दिउँसो ३ :३० बजेसम्म ४५ प्रतिशत मतदान भएको हो।
धनकुटामा १ सय १९ वटा मतदानस्थलमा १ सय ६२ वटा मददानकेन्द्र रहेका छन् । त्यो बाहेक धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र थपिएका छन्।
धनकुटामा प्रतिनिधीसभाका लागि एक र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् ।
धनकुटामा कुल १ लाख १६ हजार ९९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
धनकुटामा यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4