
४ मंसिर, वीरगञ्ज । पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । १ सय ६७ मतदान स्थलमा तयार गरिएको ४ सय १२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो ।
जिल्लामा ५१ प्रतिशत भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘मतदान अधिकृत आएर मतपेटिका नबुझाएसम्म यकिन तथ्यांक आउँदैन,’ उनले भने, ‘सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ५१ प्रतिशत भन्दा बढी मत खसेको अनुमान छ ।’ ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्सामा ७० प्रतिशत मत खसेको थियो । ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4