
४ मंसिर, धनगढी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको मतदानमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।
जिल्लाका प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्रमा गरी ६३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।
यो तथ्यांकअनुसार कुल पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार ३७३ मत खसेको देखिन्छ । भट्टका अनुसार छिटफुट विवाद बाहेक सबै क्षेत्रमा शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ ।
अहिले सबै क्षेत्रमा मतपेटिका संकलन गर्ने काम भइरहेको र सोमबार बिहानदेखि मात्र मतगणनाको काम हुने भट्टले जानकारी दिए । ‘अहिले सबै क्षेत्रमा मतपेटिका संकलनको काम भइरहेको छ । मतपेटिका गठनास्थलमा पुर्याएपछि सर्वदलीय बैठक बस्छौं,’ भट्टले भने, ‘आज गणना गर्न सम्भव देखिंदैन । भोलि मात्र हुन्छ होला ।’
प्रतिक्रिया 4