+

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

२०७९ मंसिर  ५ गते ०:०४ २०७९ मंसिर ५ गते ०:०४
विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

५ मंसिर, काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे ।

१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।

कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए ।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

विश्वकप फुटवल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय