
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ को मतगणना जारी छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा जारी छ ।
ललितपुर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
ललितपुर ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
ललितपुर क्षेत्र नं. ३ का सहायक मतदान अधिकृत विष्णुप्रसाद पाण्डेका अनुसार आज बिहान साढे २ बजेदेखि मतगणना जारी छ । हिजो भएको मतदानमा ६१ हजार ५७५ मत खसेको थियो । त्यहाँ ९४ हजार ११६ मतदाता थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4