
५ मंसिर, बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।
पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ ।
उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4