
५ मंसिर, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो ।
गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ ।
दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए । उनले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसपछि मात्रै निर्णयमा पुगिने जानकारी दिए । उक्त मतदान केन्द्रमा ७०० मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4