
५ मंसिर, हेटौंडा । मकवानपुरमा पनि मतगणना सुरु भएको छ ।
क्रमश: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको प्रत्येक्ष र समानुपातिकतर्फको मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।
१० स्थानबाट मतगणना गरिने उनले बताए । बिहान बसेको सर्वदलीय बैठकबाट ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि प्रतिनिधिहरूको पास बनाउन समय लागेकोले एक घण्टा ढिला गरी मतगणना सुरु गरिएको उनको भनाइ छ ।
मकवानपुर-१ मा नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेको समर्थनमा राप्रपा नेपालका कमल थापा र राप्रपाका दिपक सिंह प्रतिस्पर्धी छन् ।
यसैगरी मकवानपुर-२ मा एकीकृत समाजवादीका विरोध खतिवडा, नेकपा एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीबिच प्रतिस्पर्धा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4