
५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।
सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा, नेकपा एमालेबाट शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4