
इलाम । इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि मतगणनामा ढिलाइ भएको छ । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल उम्मेदवार छन् ।
करिब प्रतिनिधिसभाको १०० वटा मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि दलका प्रतिनिधिबीच विवाद भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले इलाम क्षेत्र नम्बर १ को गोर्खे मंगलबारे मतदान केन्द्रको मतपेटिकामा यस्तो मतपत्र भेटिएको बताए ।
सर्वदलीय बैठकमा सहमतिको प्रयास भइरहेको जनाइएको छ । सर्वदलीय बैठकमा सहमति भएलगत्तै मतगणना सुरु हुने दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4