
५ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।
निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतका अनुसार एक हजार ३४८ मतको गणना सकिंदा बलायरले ७०३ मतसहित अग्रता लिएका छन् । भट्टले ६०५ मतका साथ उनलाई पछ्याइरहेका छन् । भट्ट नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् भने बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति हुन् ।
डोटीबाट कैलाली झरेर उम्मेदवारी दिएका बलायरलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेका छन् । भट्ट भने एक्लै चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4