
५ मंसिर, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् । निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।
मत परिणाम घोषणा भएपछि नेकपा एमालेका कार्यकर्ताले विजय जुलुस निकालेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4