
६ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् । मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवालसँग पछि पर्दै आएका राणा पछिल्लो परिणाममा भने झिनो मत अन्तरले अगाडि आएका हुन् ।
राणाले ८५९७ मत प्राप्त गर्दा सिलवालले ८४३१ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर १६६ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।
ललितपुर क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् भने क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र उम्मेदवार तोसिमा कार्की अगाडि छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4