+
+

मकवानपुर–२ मा खतिवडा र बर्तौलाबीच कडा प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ६:५९

६ मंसिर, काठमाडौं । मकवानपुर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।

एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच मत गणना सुरु भएदेखि नै ठूलो मतान्तर बनेको छैन । दुई जनाबीच पटक–पटक अग्रता लिने होड देखिएको छ ।

११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको उम्मेदवार रहेका बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार रहेका खतिवडा ४ हजार ४४३ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार १८७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?