+
+

पर्साका ४ मध्ये २ मा कांग्रेस, १/१ क्षेत्रमा जसपा र एमाले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ९:०२

६ मंसिर, वीरगञ्ज । पर्साका चारवटै क्षेत्रमा सोमबारदेखि नै मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा जसपाका उम्मेदवारले अग्रता लिंदा २ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडि छन् भने पर्सा-३ मा एमाले अगाडि देखिएको छ ।

पर्सा-१ मा जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार ७५३ मत पाउँदा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी ३ हजार ७७९ ल्याएर पछ्याइरहेका छन् । द्विवेदीले कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पर्सा-२ मा कांग्रेसका अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसकै रमेश रिजाल अगाडि छन् । ७ हजार २७ मत ल्याएर चौरसियाले अग्रता लिंदा जसपाका सुरेन्द्रप्रसाद कुर्मीले ५ हजार ४२० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

पर्सा-४ मा १९ हजार ५७८ मत गणना गर्दा रिजालले ९ हजार ३३२ मत ल्याएर पहिलो स्थानमा छन् भने नेकपा एमालेका जालिम मियाँले ८ हजार २०२ मत ल्याएर दोस्रो स्थानमा छन् । पर्सा-३ मा एमालेका राजकुमार गुप्ताले ३ हजार ४७० मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका सुरेन्द्र चौधरीले ३ हजार ३२० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?