
धनकुटा । धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता बढाएका छन् । उनी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापाभन्दा १ हजार १३८ मतले अघि छन् ।
पछिल्लो मत परिणाम अनुसार राईले ५ हजार ५११ मत ल्याउँदा थापाले ४ हजार ३७३ मतले पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी १ हजार ५४३ मतका साथ तेस्रो स्थानमा छन् ।
जिल्लाको कुल ६० वडामध्ये ११ वडाको मतगणना भइसकेको छ । अहिले महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाका वडाको मत गणना भइरहेको छ । नौ वडा रहेको महालक्ष्मी नगरपालिकाको १ देखि ५ वडासम्मको मतगणना भइसकेको छ भने चौबिसेको ८ वडामध्ये १ देखि ६ वडाको मतगणना भइसकेको छ ।
त्यस्तै प्रदेशसभाको दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् । प्रदेशसभा क मा नेकपा एमालेका निरनकुमार राई २ हजार ९८१ मतले अग्रस्थानमा छन् भने जनता समाजवादी पार्टीका रकम चेम्जोङले १ हजार ७९३ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रदेश सभा ख अन्तर्गत नेकपा एमालेका इन्द्रमणि पराजुली २ हजार ८८७ मतका साथ अग्रस्थानमा छन् भने उनलाई गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुसुमकुमारी श्रेष्ठले २ हजार ४६ मतले पछ्याइरहेकी छिन् ।
प्रतिक्रिया 4