+
+

बाँके १ मा एमालेका ढकाल अगाडि, खेलकुदमन्त्री गहतराज पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:०२
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक (वायाँ) र नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकाल ।

६ मंसिर, बाँके । बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालले अग्रता कायम राखेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले पछ्याइरहेका छन् ।

निर्वाचन आयोगको मत विवरण अनुसार एमाले उम्मेदवार ढकालले ५ हजार ५६९ र मन्त्री गहतराजले ४५६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले २ हजार ३१९ मत पाएका छन् ।

यसैगरी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार रामकुमार यादवले १ हजार ९०६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबाबु काफ्लेले ६२० र लोसपाका रामचरण चौधरीले २०६ मत पाएका छन् ।

यसैगरी बाँके क्षेत्र नम्बर २ मा राप्रपाका धवल शम्शेर जबरा र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका किशोर सिंह राठोर अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?