
६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायमै राखेकी छन् । उनले १ हजार ८७२ मत ल्याएकी छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जनले पछ्याइरहेका छन् । उनले १ हजार ६८५ मत ल्याउँदा नेकपा एमालेका निरेशलाल सिंह महर्जनले १ हजार ४४० मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका रविन्द्रप्रसाद श्रेष्ठले ४२२ मत ल्याएका छन् ।
यस क्षेत्रको प्रदेशसभा (ख) मा भने नेकपा एमालेका अमनकुमार मास्केले अग्रता लिएका छन् । उनले १ हजार ६२४ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले १ हजार ३२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका चिरागमान सिंह कुँवरले ८१२ र नेकपा माओवादी केन्द्रका प्रकाश फुँयालले १५२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4