
६ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा एमालेका रघुनाथ महर्जनले अग्रता कायमै राखेका छन् । उनले २ हजार ११ मत ल्याएका छन् ।
उनलाई नेकपा माओवादी केन्द्रका राजकाजी महर्जनले पछ्याइरहेका छन् । उनले १ हजार ८३५ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विनोदकुमार खड्काले १ हजार २७२ मत ल्याएका छन् ।
प्रदेशसभा (ख) मा राप्रपाका सविनकुमार खड्काले अग्रता लिएका छन् । उनले १ हजार ६९९ मत ल्याएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका प्रेमभक्त महर्जन छन् । उनले १ हजार ५५७ मत ल्याउँदा नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १ हजार ५४२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4