+
+

प्रतिनिधिसभामा हजुरबुबा र प्रदेशसभामा नातिको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १५:०२

६ मंसिर, परासी । नवलपरासी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा राप्रपाको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यमा पूर्वआईजीपी समेत रहेका राप्रपाका नेता ध्रुवबहादुर प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेलले भन्दा ४ हजार ३२ मत बढी पाएका छन् । नेकपा एमाले उम्मेदवार तेस्रो स्थानमा छन् ।

त्यसैगरी नवलपरासी-२ को प्रदेशसभा ‘१’ मा पनि राप्रपा अघि छ । राप्रपाका आशिष प्रधान नागरिक उन्मुक्ति पार्टीका भवानीप्रसाद चौधरीभन्दा १ हजार ८४८ मतले अघि छन् । नातामा ध्रुवबहादुर प्रधान आशिषका हजुरबुवा हुन् । आशिषका हजुरबुवा र ध्रुव दाजुभाइ हुन् । यी दुवैले सुरूदेखि नै अग्रता लिएका हुन् । प्रदेशसभामा तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?