६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबिया हुने शृंखला खेल्न जाने नेपाली टोलीले भारतमा तयारी गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गर्दै नेपाली टोली भारतमा एक साताको अभ्यास गर्ने जनाएको छ ।
नेपाली टोलीले भारतको दिल्लीको स्टेट टिमसँग दुई अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र केन्द्रिय सदस्य दुर्गाराज पाठकले मंगलबार बिदाइ गरे ।
नामिबिया हुने शृंखलाका लागि नन्दन यादवलाई समेट्दै क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
शृंखलामा नेपालले घरेलु टोली नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4