
६ मंसिर, संखुवासभा । संखुवासभाको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुवाती अग्रता लिएका छन् ।
७०० मत गणना हुँदा खड्काले ३३५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार राजेन्द्र प्रसाद गौतमले ३३२ मत पाएका छन् । उनीहरुबीच ७ मतको मात्रै अन्तर छ ।
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका भोलामान कार्की लगायत उम्मेदवार छन् ।
जिल्ला समन्वय समितिको हलमा भोटखोला गाउँपालिकाका केन्द्रबाट मतगणना सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4