
६ मंसिर, सर्लाही । सर्लाहीमा प्रतिनिधि सभाका चार निर्वाचन क्षेत्रमध्ये नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले दुई–दुई क्षेत्रमा अग्रता लिएका छन् ।
क्षेत्र नम्बर १ र ४ मा स्वतन्त्र तथा २ र ३ मा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवारहरुले अग्रता लिएका हुन् ।
दिउँसो साढे ३ बजेसम्मको मत गणना अनुसार सर्लाही १ का स्वतन्त्र उम्मेदवार मान बहादुर खड्काले ४ हजार ८२७ मत पाएका छन् ।
उनलाई वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट लोसपा उम्मेदवार रामप्रकाश चौधरीले ४ हजार २६१ मतका साथ पछ्याइरहेका छन् । जसपा उम्मेदवार प्रमोद साहको पक्षमा २६६४ मत छ ।
यसैगरी सर्लाही क्षेत्र नम्बर २ मा वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले १ हजार ८२५ मत पाएका छन् । उनलाई लोसपाका नेता राजेन्द्र महतोले १ हजार ३११ मतका साथ पछ्याइरहेका छन् । लोसपा सत्ता गठबन्धनमा समावेश भए पनि यहाँ माओवादी केन्द्रसँग मित्रवत प्रतिस्पर्धा भइरहेको छ ।
सर्लाही क्षेत्र नं. ३ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवार अगाडि छन् । साहले ४ हजार ४६१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीले ३ हजार ३६३ मतसहित पछ्याइरहेका छन् ।
सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका डा. अमरेश कुमार सिह अग्रस्थानमा छन् । सिंहको मत ३ हजार ५५८ छ । उनलाई वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेन्द्र कुमार यादवले २ हजार ८८० मतका साथ पछ्याइरहेका छन् ।
प्रतिक्रिया 4