
६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । १९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत बढी पाएका हुन् ।
तेस्रो स्थानमा रहेका सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले ४ हजार ४८४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4