
६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ ।
मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ मत प्राप्त गरे ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले ३५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले १५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4