+

डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी

२०७९ मंसिर  ६ गते २०:५६ २०७९ मंसिर ६ गते २०:५६
डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक पाए ।

२२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो ।

यसअघि अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए ।

६२ प्रतिशत बल पोसेसन राखेको डेनमार्क खेलमा अघि देखिएको थियो । डेनमार्कले ११ सट प्रहार गर्दा ट्युनिसियाले १३ सट प्रहार गरेको थियो । तर गोल गर्न भने सकेनन् ।

खेलमा डेनमार्कका लागि आन्द्रेज कोर्नेलिउसले पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।

विश्वकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय