
६ मंसिर, बाँके। बाँके निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा-१ मा जनता समाजवादी पार्टी विजयी भएको छ ।
मंगलबार समपन्न मतगणनामा जसपाका उम्मेदवार भण्डारी लाल यादव विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यादवले ११ हजार ५०४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय बहादुर यादवले ९ हजार ३५६ मत मात्र ल्याए ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कर्मीले ८ हजार ७३१ , स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले १ हजार ४५२, अर्का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले ८५५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4