
६ मंसिर, सप्तरी । जनता समाजवादी पार्टी नेपालका का अध्यक्ष उपेन्द्र यादव पछि परेपछि सप्तरी २ मा उनका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका छन् ।
जसपाका प्रतिनिधिले मतपेटिकामा भएको सिल भेरिफिकेसन नभएसम्मका लागि मतगणना रोकि पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
र उनीहरुले मतगणनास्थलमा नै धर्ना दिएका छन् । उनीहरुको धर्नाका कारण मतगणना रोकिएको छ ।
पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले २२ हजार २६० मत ल्याएका छन् ।
राउतभन्दा पछि परेका यादवको भने ११ हजार ३ सय २३ मत छ । यस्तै तेस्रो स्थानमा रहेका जयप्रकाश ठाकुरले ४ हजार ५६५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4