
काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले नागरिकका इच्छा र आकांक्षा पूरा गर्न हरतरहले लागिपर्ने बताएका छन् ।
निर्वाचित भएपछि उनले भने, ‘आम मतदाताको सद्भावले विजयी भएँ । उहाँहरुको आशा र आकांक्षालाई पूरा गर्न हरतरहले लागिपर्नेछु । उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’ राणाले आफ्नो क्षमता र योग्यताले भ्याएसम्म देशका योगदान गर्न सधैं तत्पर रहेको बताए ।
बाँके-२ मा राणाले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गरे ।
उनले २९ हजार ५७७ मत प्राप्त गर्दा राईले २३ हजार ५२० मत ल्याए । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा ४ हजार ४०३ मतका साथ तेस्रो स्थानमा रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4