
७ मंसिर, काठमाडौं । एक समय विवेकशील साझा पार्टीमा सक्रिय भएर चर्चा बटुलेका नेताहरू अहिले प्रतिनिधि सभामा आउने प्रतिस्पर्धामा निकै पछाडि परेका छन् । उनीहरुलाई दोस्रो स्थानमा आउन पनि हम्मेहम्मे भएको छ ।
पुकार बम
विवेकशील साझा पार्टी छाडेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा प्रतिस्पर्धामा थिए । कांग्रेसका प्रकाशमान सिंह पहिलो र राप्रपाका रवीन्द्र मिश्र दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका बम तेस्रो स्थानमा रहे ।
यद्यपि उनले एमाले उम्मदवार किरण पौडेल र नेपाल सुशासन पार्टी खोलेर प्रतिस्पर्धा गरेका रमेश खरेलको तुलनामा बढी मत पाए । पुकार बमले ४११५ मत पाए ।
काठमाडौं ५ मा तीनजना भिडे
नेपाली कांग्रेस पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका डा. प्रणयशम्शेर राणाले काठमाडौं-५ मा तेस्रो स्थान ल्याए । कांग्रेसका प्रदीप पौडेल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उनको स्थान छ ।
उनले ५४७३ मत ल्याएका थिए, जुन प्रदीप पौडेलको तुलनामा एक तिहाइमात्रै हो ।
रञ्जु दर्शना
काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शना सेलरोटी चुनाव चिह्नका साथ मैदानमा थिइन् । अघिल्लो पटक काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर पराजित भए पनि भारी मत ल्याएकी उनी अहिले ९औं स्थानमा रहिन् । उनले ६ सय मतमात्रै ल्याएकी हुन् ।
काठमाडौं- ५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङ ५ औं स्थानमा ओर्लिए । उनले २७६१ मतमात्रै पाएका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
काठमाडौं-९ मा साझा पार्टी नेपालबाट उम्मेदवारी दिएका मिलन पाण्डे विवेशील पार्टीका संस्थापक मध्ये हुन् । उज्वल थापा, गोविन्द नारायणलगायतसँगै राजनीति थालेका उनी सुरुदेखि नै सक्रिय थिए । एकीकरणपछिकोे विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रबाट कारबाही भोगेका उनले त्यसपछि साझा पार्टीमा आवद्ध भई निर्वाचन लडेका थिए । उनी २३२७ मत सहित ५ औं स्थानमा पुगे ।
प्रतिक्रिया 4