+
+

हिमालयन बैंकले अब डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्ड स्वीकार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:०६

काठमाडौं । हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरू गरेको छ।

बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच भएको उक्त सम्झैताले कार्डधारकहरूलाई उनीहरूको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरूमा भुक्तानी गर्ने विकल्पहरू उपलब्ध हुनेछ।

डिस्कभर्सका कार्डहरू स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरूले उक्त नेटवर्कका विश्वभरी फैलिएका २८ करोड ग्राहकहरूले वार्षिक रूपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन्।

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरूका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरूमा रहेका आफ्ना पस मेसिनहरूमा उक्त नेटवर्कका कार्डहरू स्वीकार गर्ने बताएको छ।

डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरूले डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरू स्वीकार गर्नेछ।

नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरूलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको बताएको छ।

हिमालयन बैंकले प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरू जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्छ ।

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० एटिएम तथा ६ हजारभन्दा बढी पस टर्मिनलहरूमा स्वीकार गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?