
७ मंसिर, धनगढी । कैलाली-४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।
गोदावरी नगरपालिका-११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए ।
कठायतले अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।
यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4