
७ मंसिर, जुम्ला । जुम्ला प्रदेशसभा २ बाट नेकपा एमालेका टेकराज पछाई निर्वाचित भएका छन् ।
पछाईले नेकपा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी भएका हुन् । रोकाया कर्णाली प्रदेश सरकारका मन्त्रीसमेत हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८२७ मत ल्याएर निर्वाचित भएका हुन् ।
रोकायाले ६ हजार ७१५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता धनबहादुर बस्नेतले ४ हजार १६५ मत पाए ।
को हुन् पछाई ?
जुम्ला कनकासुन्दरी ६ निवासी पछाईको राजनीतिक जीवन यात्रा विद्यार्थी जीवनबाट भएको थियो ।
२०५५ सालदेखि २०५७ सालसम्म काठमाडौंको अमृत साइन्स क्याम्पसको सदस्य, २०५७ देखि २०६० सम्म सहसचिव हुदै २०६० देखि ०६२ र २०६२ देखि २०६५ मा स्ववियू सभापति भएका थिए । दुर्गमबाट गएर काठमाडौंमा विद्यार्थी राजनीति गरेका पछाई अब गाउँकै प्रतिनिधित्व गरेर सासद भएका छन् ।
पछाईले पार्टीका विभिन्न संगठन हुदै नेकपाको समयमा प्रदेश कमिटी सदस्य र हाल नेकपा एमालेको प्रदेश उपसचिव हुन् ।
प्रतिक्रिया 4