
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको मोटर र्याली सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष यस्तो र्याली आयोजना हुने गरेको छ । १७ देखि २० कात्तिकसम्म चार दिने र्याली आयोजना गरिएको कम्पनीले जनाएको छ ।
पोखराबाट शुरु भएको र्याली उत्तरी सीमा कोरोना नाकासम्म पुगेको थियो । उद्यमीका लागि व्यापारिक अवसर खोज्न, नेपालमा उत्पादित सामानको प्रोत्साहन गर्न र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यस्तो र्याली आयोजना हुने गरेको कम्पनीको भनाइ छ । यस र्यालीले सुस्ताएको पर्यटन उकास्न समेत सहयोग पुग्ने भएको छ । र्यालीमा ६० भन्दा बढी उद्यमी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4