+
+

गुल्मीमा पुरानै प्रतिस्पर्धीलाई हराउँदै  प्रदेश सभा सदस्यमा एमालेका भुसाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १४:५८

७ मंसिर, गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश सभा (१) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।

भुसालले १४ हजार ९३० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याए ।

यस प्रदेश सभामा उम्मेदवार बनेका भुसाल र श्रेष्ठ २५ वर्ष अघिकै प्रतिस्पर्धी हुन्  । तत्कालीन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा भुसाल र श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै  २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिस्पर्धा भएको थियो ।

०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए ।

यसपटक पनि प्रदेश सभामा भुसाल विजयी भएका छन् । दुवै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ तम्घास निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?