
७ मंसिर, बारा । बाराको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् ।
चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् ।
एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने उनका प्रतिद्वन्दी श्रेष्ठले ९ हजार ९८९ मत मात्र पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4