
काठमाडौं । पाका फिल्म निर्माता छविराज ओझाले बुधबार ५८ औं जन्मदिन मनाए । आयोजित बर्थडे जमघटमा उनलाई समकालिन फिल्म निर्माताले केक चखाएर बधाइ पनि दिए ।
जन्मदिनमा छविले आफू चारवर्षपछि फिल्म ‘जेलब्रेक’ निर्माणमार्फत कमब्याक तयारीमा जुटेको बताए । सशष्त्र युद्धको क्रममा जेलब्रेक गरेकी माओवादी लडाकु उमा भुजेलको कथामा फिल्म बन्न लागेको हो ।
‘झिंगेदाउ’ फेम्ड ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्मको पटकथा लेखन सुरु भएको छ । भुजेलको पुस्तक ‘जेलब्रेक’माथि आधारित हुने फिल्मलाई बायोपिक जानरामा राखिएको छ ।
देउजाले यसअघि पनि कृतिमा आधारित फिल्महरु मुनामदन, झिंगेदाउ निर्देशन गरिसकेका छन् ।
राजेश हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’का निर्माता समेत रहेका छवि अहिले पनि फिल्म निर्माणमा सक्रिय छन् । नयाँ फिल्म जेलब्रेक भव्य हुने जानकारी उनले दिए ।
साथै, अब बिहे नगर्ने पनि उनले बताए । अभिनेत्री रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि सिंगल छन् ।
प्रतिक्रिया 4