
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता गोकर्ण बिष्टले निर्वाचनबाट प्राप्त परिणामले आफूलाई अझ गम्भीर बनाएको बताएका छन् ।
चुनाव जितेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले देश र जनताप्रति इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्ने बताए । जनताका अपेक्षा पूरा गर्न सही ढंगले अगाडि बढ्ने भन्दै बिष्टले यो निर्वाचनको परिणामले विगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउँदै पूर्णता दिने बताए ।
उनले आफ्नो जित साझा भएको भन्दै सम्पूर्ण मतदाता र आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।
गुल्मी-२ बाट लगातार तीनवटा निर्वाचन जितेका बिष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
यस क्षेत्रबाट प्रदेशसभा सदस्यका दुवै पदमा एमालेकै उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4