
७ मंसिर, सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा निर्वाचन क्षेत्र-१ मा नेकपा एमालेका वुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेतलाई हराउँदै राजभण्डारी निर्वाचित भएका हुन् ।
राजभण्डारीले १० हजार १२८ र बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन् । यी दुई बीच ३ हजार ३ सय १३ मतान्तर छ । २०७४ सालको निर्वाचनमा पनि राजभण्डारी निर्वाचित भएका थिए । उनले नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्बाह गरेका थिए ।
प्रमुख सचेतक बनेका राजभण्डारीलाई गठबन्धनका साझा उम्मेदवारसँग जित्न चुनौती थियो । सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क को मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4