
८ मंसिर, काठमाडौं । लमजुङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङले ११५ मत पाएकी छिन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।
यो क्षेत्रमा करीब २ दशकपछि नेपाली कांग्रेसले आफ्नो विरासत फर्काएको छ ।
२०५६ सालमा कांग्रेसले चुनाव जितेको यो क्षेत्रमा २०६४ मा माओवादीका बुद्धिराम गुरुङले चुनाव जितेका थिए । २०७० मा जमिन्द्रमान घलेले चुनाव जितेका थिए । २०७४ को चुनावमा नेकपा एमालेका धनञ्जय दवाडीले जितेका थिए ।
प्रतिक्रिया 4