
प्यूठानबाट प्रदेश सभामा विजयी नेपाली कांग्रेसका रोज राणा (वायाँ) र नेकपा एमालेका तुल्सीराम शर्मा
८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् ।
प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे ।
एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए ।
प्रदेश सभा २ मा नेपाली कांग्रेसका राणा १ हजार ७१२ मत अन्तरले विजयी भए । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए ।
प्युठानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापा विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4