
८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् ।
बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो ।
२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा हारेका बजगाईंले यसपटक गठबन्धनको आडमा तिनै बस्नेतलाई भारी मतान्तरले हराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4