
८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।
नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।
यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4