
८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
बिहीबार बिहान प्राप्त मत परिणाम अनुसार साँवाले ५ हजार ९८५ मतले अग्रता कायम गरेका छन् । उनले २६ हजार ७१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २० हजार ७२५ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १२ हजार ६०१ मत ल्याएका छन् । चौथोमा रहेकी स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले ४ हजार ४६४ मत ल्याएकी छन् ।
हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्न लिएर उम्मेदवारी दिएका युक्त भेटवालले ८९२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4