
७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे ।
अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ-५ मा उपेन्द्र यादवलाई पराजित गरेका अर्याल यो पटक पनि प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर क्षेत्र नम्बर ५ माओवादी केन्द्रको भागमा परेपछि अर्याललाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेशको टिकट दिएका थिए । अर्यालले आफूलाई मुख्यमन्त्री बनाउन देउवाले प्रदेशमा पठाएको बताउँदै आएका छन् ।
मोरङ क्षेत्र नम्बर ५ को १ मा कांग्रेस उम्मेदवार गयानन्द मण्डल निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4