+

विश्वकपमा बेल्जियमको विजयी सुरुवात

२०७९ मंसिर  ८ गते १०:०६ २०७९ मंसिर ८ गते १०:०६
विश्वकपमा बेल्जियमको विजयी सुरुवात

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ ।

बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे । उनले खेलको ४४औं मिनेटमा टोबी एल्डरवाएरल्डको पासमा गोल गरे । रोमेलु लुकाकु घाइते रहेकाले प्रशिक्षक रोबर्टो मार्टिनेजले बात्सुईलाई पहिलो रोजाइमा खेलाएका थिए ।

क्यानडाले खेलको ११औं मिनेटमै गोल गर्ने अवसर गुमाएको थियो । बेल्जियमका यानिक कारस्कोले बल ह्याण्ड गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर अल्फन्सो डेभिसले प्रहार गरेको पेनाल्टी बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले रोके ।

कतार विश्वकप बेल्जियम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय