
८ मंसिर, भोजपुर । भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् ।
राईले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए ।
प्रदेशसभा २ मा २९ हजार ४ सय ७४ मत खसेको थियो । जसमध्ये सदर मत २८ हजार ३ सय २५ र बदर १ हजार १ सय ४९ रहेकोछ । आधिकारिक रुपमा विजयी घोषणा भने हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4