
८ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले अग्रता बढाएका छन् ।
पाण्डेले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका डा. भोजराज अधिकारीलाई ८ हजार ६३२ मतले पछाडि पारेका हुन् । पाण्डेले १९ हजार ९२७ मत ल्याउँदा अधिकारीले ११ हजार २९५ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ९ हजार ३१७ मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ६ हजार ११७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4